मिस यूनिभर्स नेपालमा उत्कृष्ट १८ छनौट

इन्भेष्टाेपेपर । पुष ०८, २०७७ 

काठमाण्डौं । मिस यूनिभर्स नेपालकोे उत्कृष्ट १८को छनौटको घोषणा भएको छ । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस ७ गते घोषणा भएको हो । मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनौटको घोषणा भएको थियो । 

उक्त समारोहमा उत्कृष्ट १८ जनाले समाजमा आफ्नो उद्देश्यको बारेमा बताए पछि त्यसैको आधारमा त्यहाँ उपस्थित मडियाका प्रतिनिधि लगाएतका व्यक्तित्वहरुले गरेको भोटिंको आधारमा छनौट भएका हुन् । उक्त भोटिङको परिणामको आधारमा नीना कान्त मन्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् । यस प्रतियोगितालाई लोकतान्त्रिक बनाउने आयोजको उद्देश्यलाई फेरि एक पटकयस भोटिङले पुष्टि गरेको छ । 

यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगितालेसबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ । 

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाईतथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ । केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभईयो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *