कृषि बैंकको खुद नाफा र इपिएसमा बृद्धी, आधार व्याजदरमा सुधार

Investopaper, कार्तिक २७, २०७६ 

कृषि विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.१३ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५५ करोड १४ लाख खुद नाफा कमाएको थियो। यस त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २६ करोड १७ लाख रहेको छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा बैंकको इपिएस २० रुपैयाँ ८५ पैसा थियो।

बैंकको आधार ब्याजदर १०.१८ प्रतिशत रहेकाे छ, जुन गत १२.३२ प्रतिशत रहेकाे थियाे । कृषि विकास बैंकको जगेडा कोषमा १० अर्ब ३७ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको रिटेर्न अर्निङ्ग ४ अर्ब ४५ करोड छ ।

यस अवधिमा बैंककाे निक्षेप तथा कर्जा लगानी खासै सुधार देखिदैन, अझ व्याज अाम्दानीमा त ह्रास नै अाएकाे छ । गत यसै अवधिकाे तुलनामा बैंकको निक्षेपमा करिब ३.१६ तथा कर्जामा ०.६० प्रतिशतको सुधार आएको छ भने व्याज आम्दानीमा ८ प्रतिशतले कमी ।

समीक्षा अवधिमा एक खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरेर एक खर्ब ११ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात केही घटेपनि अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च रहेको छ ।

कृषि बैंकका प्रमुख बित्तीय सूचकांकहरूः

  • बैंककाे चुक्ता पूँजी ९ अर्ब एक करोड ५५ लाख २९ हजार रहेकाे छ र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर छ ।
  • प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा बैंकको इपिएस २० रुपैयाँ ८५ पैसा थियो।
  • बैंकको खराब कर्जा अनुपात ३.७ प्रतिशत छ।
  • बैंकको आधार ब्याजदर १०.१८ प्रतिशत रहेकाे छ ।
  • कोषको लागत ७.३४ प्रतिशत रहेको छ। 
  • बैंकको प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ५६ पैसा छ ।
  • मूल्य आम्दानी अनुपात १७.९६ गुणा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *