प्रभु बैंकले पुन दुई अर्बको ऋणपत्र जारी गर्दै, के के छन त आकर्षण ?
मंसिर १२, २०७६
यसअघि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको प्रभु बैंकले पुन दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ नाम दइएकाे ऋणपत्रकाे निष्काशन तथा विक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्ती गरेको छ ।
ऋणपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
प्रभु बैंक डिबेञ्चर–२०८४ का फिचरहरूः
- एक यूनिटकाे मूल्य एक हजार रुपैयाँ अंकित गरिएकाे छ ।
- भुक्तानी अवधि ८ वर्षको लागि जारी गर्न लागेको छ ।
- वार्षिक १० प्रतिशत ब्याज उपलब्ध गराउनेछ ।
- ऋणपत्रको ब्याज प्रत्येक तीन/तीन महिनामा प्रदान गरिने छ ।
- २ अर्ब बराबरको ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गरिने भएको छ ।
