विश्वकप फुटवलः मोरोक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
इन्भेष्टाेपेपर । पुष ३, २०७९
काठमाडौं । क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलले हरायो ।
निकै रोमाञ्चक खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिएको थियो । सातौं मिनेटमा गर्भाडिओलले हेड गोल गर्दै क्रोएसियाको उत्साह जगाए । उनले इभान पेरिसिचको पासमा उत्कृष्ट डाइभ हेड गरेका थिए ।
त्यसको दुई मिनेट लगत्यै मोरोक्कोले बराबरी गोल फर्कायो । दारीले फ्रिकिकमा प्राप्त बललाई सोझै गाेलमा परिणत गरेका थिए । त्यसपछि ४२औं मिनेटमा क्राेएसियाका खेलाडी ओर्सिचको डिबक्स छेउको प्रहार पोलमा लाग्दै गोल भएको थियो ।
तीनै गाेल पहिलाे हाफमा भ्एका थिए, दोस्रो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा क्रोएसिया विजयी भयो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० गोल र मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । उपाधिका लागि आज राती अर्जेन्टिना र फ्रान्स खेल्दैछन् ।
