मिसेस् हिमालयन नेपाल २०२२ को उपाधि सुशीलालाई

न्भेष्टाेपेपर ।  पुष २, २०७९

काठमाडौँ ।  मिसेस् हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी सुशीला तामाङले जित्नुभएको छ । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ हुनुभएको छ । 

राजधानीमा सम्पन्न कार्यक्रममा सब टाइटल अवार्ड तर्फ वेस्ट पर्सनालिटि दिया चन्द ठकुरी, मोस्ट एट्राक्टीभ काजल भित्राकोटी, वेस्ट डिसीप्लिन शान्ति बस्नेत, मोस्ट कन्फीडेन्ट शुसिला थिङ तामाङ, वेस्ट फोटोजेनिक तारा साही लिम्बु, मोस्ट डिलिजेन्ट कमला कार्की राजबहाक, वेस्ट स्माईल बबी कार्की, मोस्ट पपुलर शुसिला थिङ तामाङ,पब्लिक च्वाईस भिडियो अवार्ड दिया चन्द ठकुरी ले हात पार्न सफल भए ।

वेस्ट फेसन कोरियोग्राफर २०२१ को अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा सम्पन्न उक्त कार्यक्रम विवाहित महिलाहरूको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुको साथै समाजमा महिलाहरूको नेतृत्वदायी भूमिका स्थापित गराउने उद्देश्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता विशाल विष्ट, फेसन डिजाइनर शुक्नीता चौलागाई, मिस नेपाल आइडल निमालमु शेर्पा, मिसेस् नोबेल नेपाल शर्मिला थापा, मिस्टर मोडल अफ द वर्ल्ड मिलेनियम तन्डुकार रहनु भएको थियो । (गाेरखापत्र दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *