आइएमई जनरल इन्स्योरेन्सको २४औँ बार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टाेपेपर ।  वैशाख ९, २०७९

काठमाण्डाैँ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँबार्षिक साधारण सभा लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भयो ।

साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयाँ सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदानगर्दै आईरहेको जानकारी दिनुभयो ।

सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफलभएको छ । कम्पनीले काठमाडौं – ३ पानी पोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्ग फिटको ९ तल्लाको प्रधान कार्यालय निर्माण गर्न लागेकाे जानकारी गराउनु भयो ।

चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएपश्चात अब कम्पनीको चुक्तापूँजी १ अरब ७० करोड १६ लाख ५१हजार ४ सय २० पुग्ने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *