क्रेस्टको लघु जीवन बीमा सेवा सुरु

न्भेष्टाेपेपर । साउन ११, २०८०

बिरेन्द्रनगर । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पु¥याउन कम्पनीलाई सुझाउनुभयो । प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने पनि उहाँले बताउनुभयो ।

समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले भच्र्युअल सम्बोधनमार्फत समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिनुभयो ।

परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स–सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उहाँले बताउनुभयो । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पु¥याउने पनि बताउनुभयो ।

लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पुँजी निमार्णमा योगदान गर्न सकिने धारणा अध्यक्ष मोरले व्यक्त गर्नुभयो । कम्पनीमा चुस्त दुरुस्त संस्थागत सुशासन तथा पारदर्शिता कायम राखी प्रभावकारी काम कारबाहीमार्फत कम्पनीको प्रतिष्ठा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष मोरले कम्पनी स्थापनाको क्रममा प्राप्त सहयोगका लागि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिनुभयो । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिनुभयो । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

विद्यमान र आगामी दिनमा आउन सक्ने चुनौतीप्रति लक्षीत गर्दै उहाँले भन्नुभयो, ‘प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ ।’ उहाँले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कम्पनीको जनशक्तिमा लगानी गर्नुका साथै प्रोत्साहित गर्ने, निरन्तर सिक्ने तथा कारोबारको आकार बढाउने संस्कारलाई प्रोत्साहित गरेर प्रभावकारी समूह निर्माणमा आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल बिमा प्राधीकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख, विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा प्रदेश सभाका माननिय ज्यूहरूलगायतले कम्पनीको सफलताको कामना गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *