सबै अंगहरूकाे व्यायामकाे लागि पाैडी (स्विमिङ)

न्भेष्टाेपेपर । भाद्र २९, २०८०

काठमाडौं । स्विमिङले गर्मीबाट छुटकारा दिने मात्र होइन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त पनि बनाउँछ । त्यही कारण यसलाई एक्सरसाइजको पर्फेक्ट माध्यमका रूपमा लिइन्छ । पाैडी खेल्नाले हाम्राे शरीरका प्रायजसाे सबै अंगहरू परिचालित हुन्छन र एकै क्रियाबाट व्यायाम पुग्दछ । वृद्धदेखि कम उमेरका मानिसले पनि सजिलै स्विमिङ गरेर फाइदा लिन सक्छन् ।

• स्विमिङ गर्दा धेरै शक्ति खर्चिनुपर्छ । जसले मांसपेशीमा तागत अझ बढ्छ । पानी आफैमा एउटा शक्ति हो। यसमा तैरिंदा मांसपेशीका धेरै समूह सक्रिय हुन्छन् ।

• अनुसन्धानअनुसार स्विमिङले बोन मिनरल डेन्सिटी (बिएमडी) र फेमोरल बोन दुवैलाई नियन्त्रण गर्छ। यसो हुँदा शरीरका हड्डी वृद्धि हुन सहयोग पुग्छ र मजबुत पनि हुन्छन् ।

• स्विमिङले शरीरलाई लचकदार बनाउँछ । हृदयलाई फाइदा गर्छ। धमनीलाई सशक्त बनाउँछ मुटुलगाय शरीरका संवेदनशील भाग सुन्निएको अवस्थामा पनि नियमित स्विमिङ गरे ठीक हुँदै जान्छ ।

• स्विमिङबाट शरीरको क्यालोरी खर्च हुने भएकाले तपाईलाई फिट रहन सहयोग गर्छ । त्यस्तै, यसले मानसिक रूपमा प तपाईंलाई मजबुत र स्वस्थ बनाउँछ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *