नेप्से उच्च गतिले बढदा दोस्रो सर्किट ब्रेक

इन्भेष्टोपेपर । असार १६, २०७७

शेयर बजार उच्च रुपले बृद्धी भएपछि नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। बजार खुलेको एक घण्टा १७ मिनेटमैै बजार ५ प्रतिशतले बढेपछि शेयर कारोबार स्थगन भएको हो। हिजाे भने नेप्से १२ अंकले घटेकाे थियाे ।

यस दिन नेप्से सूचक १२ बजेर १७ मिनेट जाँदा ५.०४ प्रतिशत अर्थात ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ। यसअघि बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो।

पहिलाे सर्किट ब्रेक पश्चात खुलेको बजारमा पनि खरिद चाप बढ्दा बजार उच्च अंकले बढदा पुनः ४० मिनेटकाे लागि काराेवार स्थगन गरिएकाे हाे।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *