मेगा र गण्डकी विकास बैंककाे एकीकृत कारोबार असार २१ गतेबाट
इन्भेष्टोपेपर । असार १६, २०७७
मेगा बैंक र गण्डकी विकास बैंकले असार २१ गते आईतबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् । मंगलबार दुवै बैंकले संयुक्त सुचना सार्वजनीक गर्दै असार २१ गते देखि एकीकृत कारोबार गर्ने जानकारी गराएका हुन् ।
गण्डकी विकास बैंक मेगामा गाभिए पछि मेगा बैंकको नामबाट कारोबार हुनेछ । मेगा र गण्डकीले एकीकृत कारोबार गर्नको लागि असार २० गते शनिवार सम्पूर्ण सेवाहरु बन्द रहनेछ । मेगा बैंकले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयरको अनुपातमा प्राप्ति गरेको हो ।
एकिकृत काराेवार पश्च्यात मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुने छ । यसैगरी, ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।
