कामना सेवा विकास बैंकका चितवनमा थप ३ शाखा

इन्भेष्टोपेपर । फागुन १९, २०७८

काठमाण्डाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको खैरहनी नपा पर्सा बजारमा, कालिका नपा पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा थप ३ शाखा कार्यालय स्थापना गरी फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।

बैंकले बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो ।

यस बैंकले यी थप शाखाहरूसंगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *