गरिमा विकास बैंकको उल्लेखनिय प्रगतिः इपिएस ३३ प्रतिशतले बृद्धी
Investopaper, वैशाख १७, २०७६
गरिमा विकास बैंकले चालु वर्षकाे तेश्राे त्रैमासिक वित्तीय विबरण निकालेको छ, जसमा सबै प्रकारका सूचकांकहरूमा उल्लेखनिय प्रगति देख्न सकिन्छ । बैंकले पूँजी, जगेडा काेष, व्यवसाय वृद्धी, नाफा, खराब कर्जा लगायतका विभिन्न सूचकमा गरेको सुधारले शेयरधनीलाई उत्साहित बनाउने देखिन्छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४२ करोड ३७ लाख ९६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १८ करोड १५ लाख ६४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ५० प्रतिशतभन्दा धेरै बढेको हो ।
निक्षेप संकलन १८ अर्ब ६३ करोड रुपैंयाबाट बढाएर ३० अर्ब ३५ करोड रुपैंया पुर्याएको बैंकले कर्जा परिचालन पनि १७ अर्ब १० करोड रुपैंयाबाट २६ अर्ब १५ करोड रुपैंया पुर्याएको छ । व्यवसायमा बिस्तार गरेसँगै बैंकको खुद व्याज आम्दानी ६९ करोड ९६ लाख रुपैंयाबाट बढेर ९९ करोड ९ लाख रुपैंया पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैंयाबाट २ अर्ब ७८ करोड ८३ लाख रुपैंया पुगेको छ । पूँजीभन्दा नाफा वृद्धिको अनुपात धेरै भएका कारण बैंकको प्रतिशेयर आम्दानीमा झण्डै ३३ प्रतिशतको सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १४ रुपैंया ८१ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले २० रुपैंया ६ पैसा कायम भएको छ ।
बैंकको जगेडा कोषको आकार समीक्षा अवधिमा ५७ करोड ९ लाख रुपैंयाबाट बढेर ७९ करोड ६८ लाख रुपैंया पुगेको छ ।
प्रमुख वित्तिय सूचकांकहरूः
- प्रतिशेयर आम्दानी २० रुपैंया ६ पैसा,
- निष्कृय कर्जा अनुपात ०.२६ प्रतिशत,
- प्रतिशेयर नेटवर्थ १२८ रुपैंया ५८ पैसा,
- मूल्य आम्दानी अनुपात ९.६२ गूणा,
- बैंकको रिटर्न अन इक्विटी १७.८७ प्रतिशत,
- पूंजीकाेष अनुपात १५.१४,
- सिडि अनुपात ७७.८३ प्रतिशत र
- आधार व्याजदर ११.१३ प्रतिशत रहेकाे छ ।
