नेपाल आयल निगमले सातै प्रदेशमा ग्यास बोटलिङ्ग प्लान्ट खोल्ने
Investopaper, वैशाख १६, २०७६
हालसम्म निजी क्षेत्रकाे मात्र एकाधिकार रहेकाे ग्यास बोटलिङ्ग उद्याेगमा अब नेपाल आयल निगमले सातवटै प्रदेशमा ‘ग्यास बोटलिङ्ग’ उद्योग खोल्ने भएको छ।
नेपाल आयल निगमकाे आफ्नै ‘ग्यास बोटलिङ्ग’ प्लाण्ट भएपछि ग्यास आपूर्ति सहज र सर्वसुलभ हुने छ । निगमले बोर्डबाट उद्योग खोल्नका लागि कानूनी स्वीकृति पाइसकेको छ। अब कार्यविधि बनाएर उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
उद्योग स्थापनाका लागि झापा र जनकपुरमा नेपाल आयल निगमको आफ्नै जग्गा छ। अन्य पांच ठाउँका प्रदेश प्रमुखसँग उपर्युक्त जग्गाकाे लागि खाेजी छलफल भइरहेको गोइतले जानकारी दिए।
नेपालमा अहिलेसम्म निजी क्षेत्रले मात्र ग्यास रिफाईनिङ गर्दै आएका छन्। ग्यास रिफाइनिङ गर्ने निजी क्षेत्रका करिब ५५ वटा उद्योग छन्। निगम आफैले ग्यास बोटलिङ्ग उद्योग खोल्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
