हिमालयन एभरेष्ट इन्स्योरेन्सकाे तीसौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

न्भेष्टाेपेपर । माघ २६, २०८०

काठमाण्डाैँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. ले माघ २५ गते तीसौं वार्षिक साधारण सभा सौहाद्रपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ । वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न उक्त साधारण सभामा शेयरधनीहरुको उल्लेख्य उपस्थिति थियो ।

विषम आर्थिक परिस्थितिको वाबजुद पनि कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएकोमा शेयरधनीहरुबाट खुशी ब्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *