नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर । भाद्र ८, २०८१

काठमाण्डाैँ । कम्पनीको घट औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

सभामा अध्यक्षले वार्षिक प्रतिवेदन पेश गर्दै आ.व.२०७९/०८० मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको, कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि भई रु.१,६८०.९० करोड पुगेको उल्लेख गर्नु भयो । समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको जानकारी गराउनु भयाे ।

यसैगरी कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको छ तथा लगानीमा वार्षिक औसत प्रतिफल दर ९.४५ प्रतिशत कायम रहेको उल्लेख गर्नु भयो ।

३६ औं वार्षिक साधारण सभाले आ.व. २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५।- मा १० प्रतिशतका दरले नगद लाभांश रु.५०,११,६६,६४२.५० र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२०,०४,६६,६५७।- साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६९,२८,०६८.३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५।- मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२।- पुगेको छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *