बल्गेरियाबाट बृटेन आएको लरीमा ३९ जनाकाे शव भेटियाे

Investopaper, कार्तिक ०६, २०७६

लन्डन — इंग्ल्यान्डको एसेक्समा एउटै मालवाहक कन्टेनरमा ३९ जनाको शब फेला परेको छ। ग्रेजस्थित पूर्वी एभेन्युको वाटरगेट औद्योगिक उद्यान अगाडि उक्त कन्टेनरसहितको मालवाहक ट्रक फेला परेको हो ।

प्रहरीले तात्कालै हत्या गरेको हुन सक्ने आशंकामा उत्तरी आयरल्याण्डका २५ वर्षिय लरी चालकलाई नियन्त्रणमा लिएको छ । एसेक्स प्रहरीका अनुसार पूर्व अनुमान बमोजिम ३८ जना वयस्क र एक किशोरको शब फेला परेको हो ।

प्रहरीले बुल्गेरियाबाट उक्त लरी इंग्ल्यान्डको एङ्गलसीको होलीहेड हुँदै शनिवार बृटेन प्रवेश गरेको जनाएको छ । प्रहरीले व्यक्तिहरुको पहिचानको प्रयास गरेपनि उक्त प्रकृयामा समय लामाे हुनसक्ने बताइएकाे छ ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका छन्। वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको बीबीसीले जनाएको छ ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *