कृषि बिकास बैंकले गर्याे लाेभलाग्दाे प्रगतिः इपिएस ४५ रूपैयां, अन्य सूचकांक कस्ता ?

Investopaper, श्रावण २१, २०७६

कृषि विकास बैंकले आकर्षक र लाेभलाग्दाे प्रगति गरी गत बर्षको चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरेको छ । प्रतिशेयर आम्दानीमा १८ प्रतिशतले बृद्धी गर्दै ४४.६७ रूपैयां रहेकाे तथा अन्य सूचकांकहरू पनि सन्तुलित रूपमा बढेकाे विवरणमा उल्लेख गरिएकाे छ ।

गत आर्थिक वर्षमा ४ अरव ३५ कराेड खुद नाफा भएकाे छ, उक्त नाफा अघिल्लाे आ.व. काे साेही अवधिकाे तुलनामा १९.१७ प्रतिसतले वढी हाे । वैंककाे जगेडा काेष पनि थप मजवुद बनेकाे छ । अघिल्लाे आ.व. मा ९ अरव ४३ कराेड रहेकाे काेष गत आ.व. काे अन्त्यमा १० अरव ४० कराेड पुगेकाे छ । वितरण याेग्य नाफा भने ३ अरव ३१ कराेड रहेकाे छ ।

समिक्षा अवधिमा व्यवसाय संचालन तर्फ निक्षेप संकलनमा करीव १५ प्रतिशतले वृद्धी गरी १ खरव १९ अरव ७६ कराेड जम्मा भएकाे छ भने कर्जा लगानीतर्फ ११.२१ प्रतिशतले बृद्धी भै १ खरव १० अरव ७९ कराेड पेगेकाे छ । त्यसैगरी व्याज आम्दानीमा करीव ८ प्रतिशतले बृद्धी भै ७ अरव ३७ कराेड भएकाे छ ।

कृषि विकास वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • वैंकको चुक्ता पूंजी १४ अरव ४४ कराेड रहेकाे छ ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा २.९ प्रतिशत छ,
  • यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) ४४ रूपैया ६७ पैसा,
  • प्रति सेयर नेटवर्थ ३१४ रूपैंया,
  • आधार ब्याजदर १०.५८ प्रतिशत ,
  • स्प्रेड दर ४.६८ प्रतिशत,
  • कोषको लागत ७.४१ प्रतिशत
  • पूंजी काेष अनुपात २०.३३ प्रतिशत,
  • सीसीडि ७८.७२ प्रतिशत,
  • शेयर मुल्य रू ४३८ र
  • मूल्य आम्दानी अनुपात ९.१६ गुणा रहेकाे छ ।

सरकारीकाे बहुमत स्वामित्व तथा देशका दूरदराजमा वित्तीय सेवा पुर्याइरहेकाे कृषि विकास वैंकले अन्य निजी क्षेत्रका वैकहरूसंग प्रतिस्पर्धामा प्रगति गर्नुलाइ सन्ताेषजनक मान्नु पर्दछ । ३० वर्ष सम्म यही वैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायकाे व्यवसायिकताले सुखद नतिजा आएकाे छ भने भविष्यमा अझ राम्राे प्रगतिकाे आशा गर्न सकिन्छ ।

Also Read : तपाइ अन्य कम्पनीकाे वित्तीय विवरण हेर्न चाहानुहुन्छ भने यहां क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *