ग्लोबल आईएमईबैंकको नाफामा ३८ प्रतिशत वृद्धी, अन्य सूचकांक कस्ता ?

Investopaper, श्रावण १४, २०७६ 

ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा नाफामा ३८ प्रतिशत वृद्धी गरेकाे प्रगति विवरण सार्वजनिक गरेको छ । अन्य सूचकांकहरू पनि सकारात्मक रहेका छन ।

बैंकको वितरणयोग्य मुनाफा (फ्रि प्रफिट) भने २ अर्ब २२ करोड मात्र रहेको छ । अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा २२.२२ प्रतिशत बढी हाे ।

समिक्षा अवधिमा बैंकको चुक्ता पुंजी १० अर्ब ३१ करोड रहेको छ, जुन अघिल्लाे वर्षकाे तुलनामा १६ प्रतिशतले बढी हाे । १ खर्व २० अर्ब ८८ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ खर्व ०८ अर्ब ९८ करोड रहेको छ । निक्षेपमा १५ प्रतिशत वृद्धी देखिन्छ भने कर्जा लगानी तर्फ करिव २३ प्रतिशतले वृद्धी भएकाे छ ।

यस अवधिमा वैंककाे जगेडा काेष भने ०.६२ प्रतिशतले घटेकाे छ । अघिल्लाे वर्ष ३ अरव २२ कराेड रहेकाे जगेडाकाेषमा ३ अरव २० कराेड मात्र छुट्याइएकाे छ । यस अवधिमा वैंकले निष्कृय कर्जा गतकाे तुलनामा घटाएकाे छ ।

माछापुच्छ्रे वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • वैंकको चुक्ता पुंजी १० अरव ३१ करोड छ र यस अवधिमा १६प्रतिशतले पूंजी वृद्धी भएकाे छ ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा 0.५५ प्रतिशत छ,
  • यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) २७ रूपैया ११ पैसा,
  • प्रति सेयर नेटवर्थ १५८ रूपैंया,
  • आधार ब्याजदर ९.५४ प्रतिशत ,
  • कोषको लागत ७.१८ प्रतिशत
  • स्प्रेड रेट (ब्याजदर अन्तर) ४.४७ प्रतिशत
  • सीसीडि ७८.६९ प्रतिशत ,
  • मूल्य आम्दानी अनुपात १०.८८ गुणा र
  • सेयरकाे बजारमूल्य ३२९ रूपैया रहेकाे छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *