अन्नपूर्ण केबुलकारकाे टिकटमा ५० प्रतिशत छुट

इन्भेष्टाेपेपर ।  जेठ २४, २०७९

पाेखरा । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ ।

पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *