गुराँस लाइफ द्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

इन्भेष्टाेपेपर ।  साउन १२, २०७९

काठमाण्डाैँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।

कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रिय कार्यलय बिर्तामोडले साउन १२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रम मार्फत भुक्तानी गरेको छ ।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको हो । यसै सन्दर्भमा मेयर गणेश पोखरेलले बिमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउदै दाबी भुक्तानी सहज बनाउदै लगेकोमा गुराँस लाइफ प्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना र मृतक प्रति श्रद्घाञ्जली अर्पण गर्नुभयो ।

उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता, स्थानिय व्यक्ति, पत्रकार तथा बुद्घिजीवीहरुको उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *