‘चाैतारीमा लर्के बर’ तीज गीतको भिडियो सार्वजनिक
इन्भेष्टाेपेपर । साउन १२, २०७९
काठमाडौं । गायिका अम्बिका बस्नेत र राम कुमार नेपालीले स्वर भर्नुभएकाे ‘चाैतारीमा लर्के बर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतकाे शव्द संयाेजन गायिका अम्बिका बस्नेतकाे रहेकाे छ ।
हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर्दे सार्वजनिक भिडियोमा शारदा रसाईलीको लयसंगीत, नारायण दंगालको सङ्गीत संयोजन, राम केसीको छायांकन र सपना लम्सालको श्रृंगार रहेको छ ।
शोभा त्रिपाठी, निक्स शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय रहेको भिडियोलाई कलाकार उत्तम केसीले निर्देशन गर्नुभएको हो ।
निरेन श्रेष्ठको कोरियोग्राफि रहेको गीतको भिडियोको सम्पादन र रंग संयोजन राजकुमार मगरले गर्नुभएको हो ।