पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनीलाई कालोसूचीमा राखियो

फागुन ०८, २०७६ | Investopaper

काठमाडौं । नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।  कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेको कार्यालयले जनाएको छ । कार्यालयले पप्पुलाई तीन वर्षसम्म र अन्यलाई भने एक वर्षसम्म कालोसूचीमा राखेको छ । 

कालोसूचीमा पर्नेमा पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनसहितको अशोक न्यासुरको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबबीकेसी निर्माण सेवा रहेको छ । याे समाचार नेपाल समाचारपत्रबाट लिइएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *