लक्ष्मी बैंकको प्रायोजनमा छैठौँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै

माघ ६, २०७६ | Investopaper

काठमाडौ : छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ ।

कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ । त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रवर्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।

यो वर्ष ३०० भन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ ।

कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजना गरिनेछ ।

सम्मलेनको मुख्य आकर्षणहरुः

  • एकदिने यस सम्मेलनमा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा छलफल गरिनेछ ।
  • सहभागिहरुको बौद्धिक तथा कार्य क्षमतालाई प्रोत्साहन गरिनेछ ।
  • यो वर्षको सम्मेलन महिला उद्यमीहरुको लागि आफु जस्तै अन्य उद्यमिहरुसँग जनसम्पर्क बढाउनको लागि एउटा राम्रो अवसर हुनेछ ।

यस सम्मेलनको मुख्य दुई सत्रहरु हुनेछन्

पहिलो सत्रः Sheconomy

यो शब्द सन् २०१७ मा प्रतिपादन गरिएको हो । महिला लक्षित बजारलाई प्रवर्धन गर्ने सोच सहित Sheconomy धारणाको सुरुवात भएको हो । विश्वको विभिन्न क्षेत्रहरुमा जस्तै अनलाइन, हेल्थकेयर, आर्थिक सेवाहरु, इ कर्मस तथा शिक्षा जस्ता क्षेत्रहरुमा महिला उपभोक्ताहरुको सहभागिता बढ्दै गइरहेको छ ।

साथै पराम्परागत हिसाबले पुरुषलक्षित बस्तुहरुको उत्पादनमा पनि महिलाहरुको सहभागिता बढ्दै गइरहेको छ । यी र यस्ता विषय संग सम्बन्धित विषयहरुमा यस सत्रमा छलफल हुनेछ ।

दोश्रो सत्रः entrepreneurial ecosystem

यस सत्रमा विज्ञहरु र सरोकारवालाहरु विच सम्बन्धविस्तार गर्ने अवसर मिल्नेछ । story corner सत्रमा लगानी, व्यावसायको बृद्धि, साझेदारी तथा नेतृत्वलगायत विषयहरुमा छलफल हुनेछ ।

साथै सम्मेलनमा विभिन्न उत्पादनहरुको स्टलहरु पनि राखिनेछ ।

यो सःशुल्क कार्यक्रम हो यद्यपि विद्यार्थी, वञ्चित महिला उद्यमीहरुलाई भने विशेष निःशुल्क सहभागिताको व्यवस्था हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *