कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

माघ ६, २०७६ | Investopaper

कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. ५ मा यही माघ ०५ गते थप २ वटा शाखा कार्यालय एकैसाथ स्थापना गरेकाे छ ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला , तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा एकैदिन २ वटा शाखा कार्यालय स्थापना गरि समुद्घाटन गरेको हाे । यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् ।

बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रूपमा गर्नु भएको थियो । यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रूपमा गर्नु भएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *