यौनजन्य इसारा गर्दै यात्रु जिस्काउने ७ महिला पक्राउ
इन्भेष्टाेपेपर । पुष ५, २०७९
काठमाडौं । पैदलयात्रीलाई जिस्काएको आरोपमा ७ महिला पक्राउ परेका छन् । रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक ठाउँमा यौनजन्य इसाराका संकेत गर्दै जिस्काउने महिलाहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ देखि ५० वर्ष उमेर समूहका महिला रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थाहरुबाट नियन्त्रणमा लिएको हो ।
महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको गुनासो प्रहरीकहाँ पुगेको थियो । पक्राउ पर्नेहरु बुटवल उपमहानगरपालिका–२ का हुन् । पक्राउ परेका महिलाहरु २३ वर्षीया मालिका सुब्बा, २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई यौनजन्य इसारा मात्रै नभएर अपशब्द बोल्ने, जिस्काउने, हातपात गर्ने गर्थे । प्रहरीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान थालेको छ ।
