राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत चयन
इन्भेष्टाेपेपर । पुष ५, २०७९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन हुनुभएकाे छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।
मंसिर ४ गते भएको निर्वाचनमा राप्रपाले प्रत्यक्षमा ७ सिट जितेकाे थियाे भने समानुपातिकमा ७ गरी जम्मा १४ सीट संघमा जितेको छ ।
