अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु, डेढ करोड मानिस अस्पतालमा भर्ना

न्भेष्टाेपेपर ।  पुष ३, २०७९

काठमाडौं । संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ ।

१ करोड ५० लाख जना मानिस बिरामी परेको तथ्यांक सार्वजनिक भएको हाे । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको छ ।

चिसो मौसम सुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् । यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपील जारी गरेको छ । अनावश्यक रूपमा घर बाहिर नकिस्कन आग्रह गर्दै उनीहरुलाई सचेतना अपाउन पनि भनिएको छ ।

अमेरिकामा हरेक हिउँदमा हजारौं मानिस रूघाखोकीको शिकार हुने गरेका छन् । याे समाचार इमेज खवरमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *