नेप्से परिसूचक २७.५४ अंकले गिरावट

न्भेष्टाेपेपर ।  पुष ३, २०७९

काठमाडौ : साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । गत साताको मंगलवारदेखि ओरालो लागेको नेप्से आईतवार २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा आरोलो लागेको हो । त्यस्तै, नेप्से सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८७ अंकले  र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६५ अंकले  घटेको छ ।

आईतवार कारोबारमा आएका २५० कम्पनीको  ३७ लाख ७८ हजार कित्ता शेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ । नेप्से ओरालो लागेपनि इष्र्टन हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,ग्लोवल आइएमई ब्यालेन्स फण्ड १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक २.८८ प्रतिशले घटेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै,बैंकिङ र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । आईतवार कृषि विकास बैंकको ६ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *