भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ९० हजार बढी सङ्क्रमित

इन्भेष्टोपेपर । भाद्र २१, २०७७

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकहरू मध्ये तेश्राे स्थानमा पर्ने भारतमा एकैदिनमा ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । वल्ड्राेमिटरले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६०० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४१ लाखभन्दा बढी पुगेको छ । वल्ड्राेमिटरकाे तथ्यांक अनुसार देशभरी कुल ४१ लाख १० हजार ८२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु हनेहरकाे संख्या १ हजार ४४ जना रहेकाे छ । याे सहित भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या ७० हजार ६७९ पुगेको छ । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख ७७ हजार ६७३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी अरु आठ लाख ६२ हजार ४८७ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको वल्ड्राेमिटरले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *