८० वर्षे उमेरमा धूमधाम बिहे

न्भेष्टाेपेपर । माघ ७, २०८०

दार्चुला ।  दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो । 

पनाती पनातिनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गर्नुभयो । शुक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिने बुहारी, ४ पनाती र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाति नाता पर्ने भगतसिंह धामीले जानकारी दिनुभयो ।

बेहुला (दुलहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उहाँले बताउनुभयो । दुवै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको छ । दुलहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुरपोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहेविधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्पराअनुसार भित्र्याउनुभयो । 

धामी दम्पतीको यो बिहेले सांस्कृतिक सन्देश समेत दिएको स्थानीयहरूले बताएका छन् । बिहे र बिहेभोजमा सबै स्थानीय आफन्त, इष्टमित्रले यो उमेरमा बिहे गरिरहेका धामी दम्पतीलाई जिस्क्याएर रमाइलो गरेका थिए । बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभूति भएको धामी दम्पतीको भनाइ छ । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *