दराजले पहिलो पटक ल्यायो फ्रि डेलिभरी फेस्टिभल

न्भेष्टाेपेपर । माघ ७, २०८०

काठमाडौं । नेपालका सपिङ्ग प्लेटफर्महरुको अग्रणी, दराजले आफ्ना ग्राहकमहानुभावहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्यक्रम सार्वजनिक गरेको छ ।  

दराजले पहिलो पटक ल्याएको यो कार्यक्रममा ग्राहकहरुले निःशूल्क डेलिभरी, ७०% सम्मको मेगा डिल्स, रु १,००० सम्मको मेगा भाउचर, रु १,००० सम्मको प्रिपेमेन्ट छुट साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । माघ ९ गते देखि सुरु हुने उत्त कार्यक्रममा फेसन, लाइफस्टाइल, व्यूटी जस्ता विभिन्न विधाका सामानहरु खरिद गर्न सकिन्छ । 

२०२३ मा महङ्गी ७.८४% पुगेको थियो, जुन २०२१ को ३.६५% मा ४.२४ प्रतिशतको विद्धि हो । यसले गर्दा नेपालका व्यवसायहरुको ढुवानी शूल्क बढयो फलस्वरुप उपभोक्ताहरुलाई पनि अनलाइन किनमेल महङ्गो हुन गयो । यहि कुरालाई मध्य नजर गर्दै दराजले यो कार्यक्रम ल्याएको हो । 

फ्रि डेलिभरी फेस्टिभलले खरिदकर्ताहरुलाई घर देखि बजार सम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिक्तम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यो कायक्रममा दराजले काठमाडौं र मूख्य शहरहरुमा मात्र नभएर ग्रामीण क्षेत्रहरुका सीमान्तकृत समुदायहरुमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदन गर्नेछ । 

२०२३ को डिसेम्बर महिनामा मात्र दराजका आधा ग्राहकहरुले निःशूल्क डेलिभरी सेवाको लाभ लिएका थिए जुन २०२३ जनवरीको तुलनामा ५००% धेरै हो । दराजसंग आवद्ध विक्रेताहरुले निःशूल्क डेलिभरी सेवालाई एउट औजारको रुपमा लिएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सक्छन् । विगतको तथ्याङ्क केलाउने हो भने दराजले निःशूल्क डेलिभरी सेवा प्रदान गर्दा विक्रेताहरुको आयमा ७५% को विद्धि भएको देखिन्छ । 

दराजका प्रमुख परिचालन अधिकृत, विमल अर्याल भन्छन्“हाम्रो प्लेटफर्ममा उपलब्ध विविध विधाका लाखौं सामानहरु ग्राहकहरुलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने हाम्रो मूख्य उदेश्य हो । अहिलेको फ्रि डेलिभरी फेस्टिभल पनि यहि उदेश्यको एक अंश हो हामी संग आवद्ध साझेदारहरु, दक्ष जनशक्ति, निविन्तम प्रविधि, र कमचारीहरुको कर्मनिष्ठाले गर्दा हामीलाई पूर्वमा काँकडभिट्टा देखि पश्चिममा महेन्द्रनगर सम्म वितरण संजाल विस्तार गर्ने हाम्रो यो उद्देश्य पूरा गर्न सजिलो हुन्छ । साथै हामी अहिलेको आवश्यक्ता अनुसार डेलिभरी सेवा पनि सुधार गर्दै आएका छौं र गर्नेछौं जसले गर्दा हाम्रा ग्राहकहरुले निकै राम्रो झन्झट रहित सेवा प्राप्त गर्दै आएका छन् ।”

२०२४ को पहिलो कार्यक्रम फ्रि डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरु थुप्रै अफरहरु प्राप्त गर्न सक्छन् । कम्पनीको अनुसार ग्राहकहरुले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५% रु ७५० सम्म साथै क्रेडिट कार्ड प्रयोग गरेमा २०% रु १,००० सम्मको छुट प्राप्त गर्ने छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *