सुनको मूल्यमा नयाँ रेकर्ड : ताेलाकाे एक लाख दश हजार

न्भेष्टाेपेपर ।  चैत्र ५, २०७९

काठमाण्डाैँ । दिनदिनै फेरबदल भैरहने सुनको मूल्यले आज उच्च मूल्यकाे नयाँ रेकर्ड कायम गरेकाे छ। आज स्थानीय बजारमा छापावाल सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख १० हजार रुपैयाँ पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनकाे मूल्य पनि २ हजार ९ सय रूपैयाँले बढेर १ लाख ९ हजार ५ सयमा काेराेवार भैरहेकाे छ । शुक्रबार तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ६ हजार ६ सय रूपैयाँमा खरिदविक्री भएकाे थियाे ।

यसअघि गत माघ १९ गते सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको मूल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको थियो । त्यसयता सुनको मूल्यमा उतारचढाव देखिएको थियो । 

यसैगरि, चाँदीको मूल्य पनि प्रतिताेला ३५ रूपैयाँले बढेर प्रतिताेला १ हजार ३ सय ४५ रुपैयाँ ताेकिएकाे छ भने हिजाे नेपाली बजारमा चाँदीकाे मूल्य प्रतिताेला १ हजार ३ सय १० रूपैयाँ रहेकाे थियाे ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *