एउटै खातामा बचत र मुद्दती दुवैको प्रतिफल पाइने ‟साेँचे जस्तै बैंक खाता”

न्भेष्टाेपेपर ।  वैशाख २, २०८०

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले साँेचे जस्तै बैंक खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको ईच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ ।

यसका साथै, साँेचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ ।
ग्राहकहरुमा नियमित बचत गर्ने बानिको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *