लगातार बढेकाे सुनको मूल्यमा भारी ह्रास

न्भेष्टाेपेपर । माघ ३०, २०८१

काठमाडौँ ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । 

मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *