सुनचाँदीको मूल्यमा सामान्य गिरावट

इन्भेष्टाेपेपर ।  असार २१, २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी  १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला  दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ६०५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ६१५ मा कारोबार भएको थियो ।

गत बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको  चार हजार ४५० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *