अनाैठाे परम्परा, अनाैठाे देश जहाँ पारपाचुके गर्न पाइँदैन

इन्भेष्टाेपेपर ।  माघ १९, २०७९

विश्वभरका अलग अलग देशमा पारपाचुके अर्थात् डिभोर्सका विषयमा आआफ्नै परम्परा, नियम र कानुन छन् । तर फिलिपिन्स विश्वको एकमात्र यस्तो देश हो, जहाँ डिभोर्सको कुनै व्यवस्था छैन ।

खासमा फिलिपिन्स क्याथोलिक देशका समूहको एक हिस्सा हो । क्याथोलिक चर्चका कारण फिलिपिन्समा डिभोर्सको कुनै प्रावधान छैन ।

सन् २०१५ मा पोप फ्रान्सिस फिलिपिन्स गएका बेला उनले त्यहाँका धर्मगुरुसँग डिभोर्सको प्रावधान राख्न अपिल गरे । तर फिलिपिन्समा ‘डिर्भोसी क्याथोलिक’ हुनु अपमानजनक मानिने भएकाले उक्त कुरा स्वीकार गरिएन ।

फिलिपिन्सका इसाई धर्मगुरुले पोप फ्रान्सिसको अपिल मानेनन् । उनीहरु विश्वभरमा फिलिपिन्स डिभोर्स नहुने एक मात्र देश बनेकोमा गर्व गर्छन् ।

फिलिपिन्समा डिभोर्सको प्रतिबन्ध केवल इसाईहरुमा मात्र रहेको छ । त्यहाँ बसोबास गर्दै आएका ७ प्रतिशत इस्लाम समुदायले आफ्नो धार्मिकता अनुसार डिभोर्स गर्दै आएका छन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *