आज बिहिबार सुनचाँदीकाे भाउ शिखरमा, कतिमा हुँदैछ काराेवार ?

न्भेष्टाेपेपर ।  माघ १९, २०७९

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिनकाे तुलनामा बिहीवार छापावाल सुन प्रतिताेला १ हजार २ सयले बढेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. १ लाख ७ हजार ५ सयमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. १ लाख ६ हजार ३ सयमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला १ हजार २०० रूपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. १ लाख ७ हजारमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. १ लाख ६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लाे काराेवार दिनकाे तुलनामा प्रतिताेला रू. २५ ले बढेकाे महासङ्घले जनाएको छ । नेपाली बजारमा चाँदी प्रतितोला एक हजार ३९५ रुपियाँमा खरिदविक्री भएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *