क्यानाडाकाे एक टाउन जहाँ जम्मा ४ जना बासिन्दा बस्दछन
इन्भेष्टोपेपर । माघ २०, २०७८
क्यानाडामा एक यस्ताे सहर (टाउन) छ, जहाँकाे जनसंख्या केवल ४ जना मात्र नागरिक बसाेवास गर्दछन । याे टाउनकाे नाम टिल्ट काेभा हाे ।
यस सहरकी क्लर्क मार्गारेट काेलिन्सका अनुसार यहाँ हाल ४ जना मात्र स्थायीरूपमा बसाेवास गर्दछन् । पहिले खानी संचालनमा हुन्जेल २ हजारभन्दा बढी मानिसहरू बसाेवास गर्दथे । जब १ जुलाए १९६७ मा खानी बन्द भयाे बिस्तारै यहाँका बासिन्दा सदाकालागि बसाइ सरेर यस्ताे अवस्थामा अाएकाे हाे ।
यीनका पति डन काेलिन्स यस सहरका मेयर हुन । उनका भाइ र बहिनी कन्सुलर छन ।
यहाँ दैनिकरूपमा हुलाक सेवा तथा फाेहरकाे गाडी परिचालित हुन्छ । यहाँ एउटा म्यूजियम समेत रहेकाे छ र बाटाेकाे मर्मत कार्य पनि नियमित हुने गर्छ ।
— बीबीसीबाट ।
