प्रधानमन्त्री देउवालाई विश्वासको मत

इन्भेष्टोपेपर । श्रावण ०४, २०७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनु भएकाे छ। आइतबार राती करिब १० बजे प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २४९ जना सांसद सहभागी हुनु भएकाे थियाे । एक जना भने तटस्थ हुनुहुन्थ्याे । प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएकाे थियाे । देउवालाई उहाँको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।

राप्रपा विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी भने मतदानमा सहभागी भएन । नेकपा एमाले माधव समूहका १० जना सांसदहरूले भने कुनै पक्षमा मतदान नगरि सभाहलबाट बाहिरिनु भएकाे थियाे । यसैगरि डा. भिम रावलले दिउँसै प्रतिनिधि सभाकाे सदस्य पदबाट राजिनामा दिनु भएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *