आशा लघुवित्तको आईपिओ अाज बाँडफाँड, ६२ हजार ९९३ जनाले पाउने

Investopaper माघ २५, शुक्रवार २०७५

 आशा लघुवित्तले जारी गरेको आइपिओ अाज शुक्रबार बाँडफाँड हुने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार शेयर बाँडफाँड गर्ने कार्यतालिका स्वीकृत भएको छ । क्यापिटलका अनुसार लघुवित्तको आईपिओ १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ जनालाई मात्र बितरण गरिनेछ । आईपिओमा आवेदन गरेका २ लाख ४६ हजार ११२ आवेदकले हात खाली हुने भएको छ ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयरकाे आईपिओ निष्काशन गरेकोमा २० गुणा बढी कुल ३ लाख ९ हजार ७८२ आवेदन परेको थियो । जसमध्यै ६७७ वटा आवेदन रद्ध भएका छन् । लघुवित्तको आईपिओमा न्युनतम १० र बढीमा तीन हजार ३७० कित्तासम्म आबेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।

कम्पनीले १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीहरूलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

 

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *