इन्फान्टिनो दोस्रो कार्यकालका लागि फिफामा एक्ला उम्मेदवार

माघ २४, २०७५

लुजान — जियानी इन्फान्टिनोले दोस्रो कार्यकालका लागि विश्व फुटबल महासंघ (फिफा) को नेतृत्व गर्ने निश्चित भएको छ । विश्व फुटबलको नियामक निकायको नेतृत्वका लागि जुन महिनामा हुने निर्वाचनमा उनको मात्र उम्मेद्वारी परेको बुधबार फिफाले जनाएको छ ।

भ्रष्टाचार प्रकरणमा तत्कालीन अध्यक्ष सेप ब्लाटर प्रतिबन्धमा परेपछि सन् २०१६ को फेब्रुअरीमा इन्फान्टिनो अध्यक्षमा निर्वाचित भएका थिए । महिला विश्वकपअघि फिफाको निर्वाचन जुन ५ मा फ्रान्सको पेरिसमा हुँदै छ ।

स्वीट्जरल्यान्ड र टोटेनहमका पूर्व डिफेन्डर रमोन भेगाले इन्फान्टिनोको विरुद्धमा उम्मेदारी दिने इच्छासहितको घोषणा गरेका थिए । तर फिफाका २ सय ११ सदस्य राष्ट्रमध्ये कम्तीमा ५ सदस्य राष्ट्रको समर्थक पाउन उनी असफल भए ।

इन्फान्टिनोले सन् २०२२ मा कतारमा हुने विश्वकपलाई विस्तार गर्ने सम्भावनासाथ सन् २०२६ को विश्वकपमा सहभागी राष्ट्रको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने योजना प्रस्तुत गरेका छन् । खाडी राज्यमा एक विस्तारित प्रतियोगिता सञ्चालनको व्यवहारिकताबारे अध्ययनपछि मार्चमा फिफाले यसबारे निर्णय गर्ने भएको छ ।

यूईएफएका पूर्व महासचिव इन्फान्टिनोले सन् २०२१ देखि क्लब विश्वकपमा पनि सहभागी टोलीको संख्या विस्तार गरी २४ पुर्‍याउने योजना बनाइरहेका छन् । एकमात्र उम्मेदारको रुपमा बिहीबार यूईएफएको अध्यक्षमा पुन: निर्वाचित हुन लागेका स्लोभेनियाका अलेक्जान्डर केफेरिन यो योजनाको विरोधमा छन् ।

  • एएफपी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *