भारतमा एकैदिन ७० हजार सङ्क्रमित थपिए, करीब ५४ हजारको मृत्यु

इन्भेष्टोपेपर । भाद्र ०४, २०७७ 

नयाँ दिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या करिब करिब ७० हजार पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९२६ सङ्क्रमित भएका हुन् । तीमध्ये छ लाख ८६ हजार ३९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८६६ पुगेको छ । तीमध्ये ९७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा कुल सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६६५ जना सङ्क्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *