ल्योनलाई पराजित गर्दै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

इन्भेष्टोपेपर । भाद्र ०४, २०७७ 

युरोपियन च्याम्पियन्स लिगको बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सेली टोली ल्योनलाई ३–० ले पराजित गर्दै जर्मन च्याम्पियन टोली बायर्न म्युनिख फाइनलमा प्रवेश गरेकाे छ ।  

बायर्न म्युनिखका सर्जी जिनाब्री एक्लैले पहिलो हाफमा दुई गोल गरेपछि बायर्न बलियो अवस्थामा देखिएको थियो । उनले खेलको १८औँ मिनेटमा र ३३औँ मिनेटमा गाेल गरेका थिए ।

यसैगरि बायर्नका लागी खेलको ८८औँ मिनेटमा लेवान्दोस्कीले अर्को गोल थपे । जोसुवा किमिचले प्रहार गरेको फ्रिकिकमा उनले हेडिङ गोल गरेका थिए ।

यी दुई खेलाडीले जारी सिजन मात्रै च्याम्पियन्स लिगमा टोलीका लागि समग्रमा २४ गोल पुर्‍याएका छन् । खेल अवधिभर राम्राे प्रयास गरेता पनि ल्याेनले कुनै गाेल गर्न सकेन र अन्तत ३ – ० काे गाेल अन्तरले पराजित भयाे ।

यो सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि बायर्न र पिएसजी आगामी आइतबार बेन्फिकाको स्टेडियम अफ लाइटमा भिड्ने छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *