अपि पावर कम्पनीको शेयरमूल्य समायोजन

इन्भेष्टोपेपर । चैत्र १४, २०७८

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (सोमवार) बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयरको समायोजन गरी मूल्य रू. ३६३  दशमलव २७ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४६६  दशमलव ९० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यको आधारमा सोमवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *