गुराँस लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा विवेक दुगड़ चयन

इन्भेष्टाेपेपर ।  मङ्सिर ५, २०७७

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ संचालक समिति अध्यक्षमा विवेक दुगड़ निर्विरोध चयन हुनु भएको छ । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभाले नयाँ संचालक समितिका अध्यक्षमा दुगड़लाई निर्विरोध चयन गरेकोे हो ।

साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयर धनीहरुको तर्फबाट अध्यक्षमा विवेक दुगड़, सौरभ दुगड़,  अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनयकुमार तोदीतथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशालतातेड़ निर्विरोध निर्वाचित हुनु भएको छ । नवनिर्वाचित संचालक समितिको आजै बसेको १६२औं बैठकले श्री विवेक दुगड़लाई सर्व सम्मतिबाट संचालक समितिको अध्यक्षचयन गरेको हो । 

उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्व सम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४÷०७५ को मुनाफाबाट जारि पुँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजारको  ५.२५ प्रतिशतबोनस शेयर र सो बोनसमालाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्व सम्मतिबाट पारित भएको कम्पनी सचिव बालमुकुन्द रुपाखेतीद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *