नेपाल टेलिकमकाे अटम अफर-२०२० थप आकर्षक

इन्भेष्टाेपेपर ।  मङ्सिर ६, २०७७

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर २०७७ मंसिर ५ गते शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *