कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्नः बोनस पारित
Investopaper, असार १५, २०७६
कामना सेवा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारित भएको छ । शनिबार बसेको बाह्रौ वार्षिक साधारणसभाले उक्त बोनस पारित गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५को वासलात, नाफारनोक्सान हिसाब, नगदप्रवाह विवरण तथा चालु आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरेका थिए ।
