नेपाल बैङ्क र नेपाल रेमिटबीच सम्झौता

इन्भेष्टाेपेपर ।  साउन ६, २०७९

काठमाडौँ ।  नेपाल बैङ्क लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच भुक्तानी सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिटका अध्यक्ष रितेश मित्तलले हस्ताक्षर गर्नुभएको हो ।

नेपाल रेमिटमार्फत आएको रेमिट्यान्स नेपाल बैङ्कको शाखा, एक्सटेन्सन काउन्टर तथा बैङ्कका सबएजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । 

नेपाल बैङ्कले मुलुकलभर २१९ शाखा, ४७ एक्सटेन्सन काउन्टर, २६० भन्दा बढी रेमिटान्स भुक्तानी गर्ने सब एजेन्ट, पाँच हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *