नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता : फाेरजी एलटीइ नमस्ते वाईफाई सेवा विस्तार

इन्भेष्टोपेपर । माघ ७, २०७८

काठमाण्डाैँ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फाेरजी एलटीइ नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फाेरजी एलटीइ नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ ।

कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ । २०७८ माघ ५ गते सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गर्नुभएको छ ।

फाेरजी एलटीइ नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत र संस्थागत प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । व्यम्तिगत प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जिबी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि रु. ९००० मा ७२० जिबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० जिबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३,५०० मा १,४४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ ।

संस्थागत प्याकेजमा रु. ३,६५० र रु. २,१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *