कृषि विकास बैंक लि. ५५औँ वर्षमा प्रवेश

इन्भेष्टोपेपर । माघ ७, २०७८

काठमाण्डाैँ । कृषि विकास बैंक लि.को ५५औ वार्षिक उत्सव समारोहको अर्थमन्त्री जनार्दन शर्माले भव्यताकासाथ भचुर्यल माध्यमबाट समुदघाटन गर्नुभयो । यस समारोहका प्रमुख अतिथी अर्थमन्त्रीले बैंकको ५५औ वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको समेत विमोचन गर्नुभयो ।

वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथी तथा अर्थमन्त्री शर्माले कृषि विकास बैंक लि.ले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय संचालन गर्न निर्देशन दिनुभयो ।

कृषि विकास बैंक लि. स्थापनाकाल देखि हाल ५५ औ वर्षसम्ममा सफलतापूर्वक ल्याई पुर्याउनु हुने सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक वधाई तथा धन्यवाद दिंदै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथी तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक लि. पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ्ग व्यवसाय संचालन गरेको देखिन्छ भने गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ्ग लगायत कृषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिनुहुंदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता बैंक संचालक समितिका अध्यक्ष रमेशकुमार के.सी.ले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै बैंकले आफ्नो स्थापनका समयमा लिएको उद्देश्यका अलाव समय अनुसारको माग बमोजिम बैंकका सेवाहरुलाई अध्यावधिक गराउंदै नेपाल सरकारले प्राथमिकतामा राखेका कार्यक्रमको कार्यन्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने छ र भविष्यमा अझ अबव्ल बैंकको रुपमा अगाडी बढ्ने समेत वताउनु भयो ।

साथै कृषि विकास बैंक लि.ले ५४ वर्षको सफलयात्रा पार गरी ५५ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भर्चुयल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण आदरणीय अतिथिहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु माथि प्रकाश पार्नुहुँदै यस बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गर्नु भयो ।

कृषि विकास बैंकले करिव १५ लाख निक्षेप ग्राहीको १ खर्व ५८ अर्व निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्व ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिव ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेकाे बताउँदै अत्याधुनिक प्रविधि र प्रतिस्पर्धी सेवाहरूकाे शरूवात गरेकाे बताउनुभयाे । करिव ३ लाखको हाराहारीमा रहेका शेयरधनीहरुलाई गत वर्षकाे २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएकोमा खुशियाली व्यक्त गर्नुभयाे ।

बैंकलाई सदैव विश्वास गर्ने एवं हाम्रो अभियानमा सहयोग पुर्याउनु हुने सम्पूर्ण आदरणीय ग्राहक वर्ग, संचालक समिति तथा सहकर्मी कर्मचारी मित्र, बैंकमा क्रियाशिल युनियनहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । यसैगरि, बैंकको प्रगति एवं समृद्धिका लागि योगदान गर्नुहुने बैंकका पूर्व कर्मचारी तथा पदाधिकारीज्यूहरु प्रति हार्दिक आभार व्यक्त गर्दै २० बर्ष र २५ वर्ष सेवा अवधि पूरा गरी आज पुरस्कृत हुने कर्मचारी साथीहरु, उत्कृष्ट कर्मचारीहरु,उत्कृष्ट ग्राहाक महानुभावहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सृजना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमलाई बैंकमा रहेका कर्मचारी यूनियनका अध्यक्ष तथा संयोजक क्रमशः सुजित विक्रम शाह र हेमेन्द्र अर्यालले समेत सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामावली समेत घोषणा सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरुका साथै बैंकका उप–महाप्रबन्धकहरु, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन बरंमका अधिकारीले गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *